काठमाडौं । ग्रान्डी अस्पतालमा एक बिरामीको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । चिकित्सक तथा अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप पीडित पक्षको छ ।
गत २४ जेठमा भर्ना भएकी दुर्गामाया फैजुको बुधबार बिहान मृत्यु भएको थियो । सोही दिन उनको फोक्सोको ब्रोनकोसकपी गरिएको थियो । अप्रेसन लगत्तै अवस्था जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखियो । ब्रोनकोसकपी गर्दा हुनसक्ने जोखिमको चिकित्सकले पूर्व तयारी नगर्दा आमाको मृत्यु भएको मृतकका छोरा भुवन फैजुको भनाई छ ।
लापबारही भएपछि अस्पतालले लिखित क्षमायाचना गर्नुपर्ने पीडित पक्षको माग छ । तर, अस्पतालले पीडितको कुरा सुन्न नमानेपछि अस्पतालमा तनाव भएको छ । अस्पताल पक्षले प्रहरी बोलाएर पीडितलाई दमन गर्ने प्रयास गरेको छ ।
मृतककी छोरीका अनुसार बिरामी हिडेरै अस्पताल पुग्नुभएको थियो । चिकित्सकले नै लापरबाही गरेका कारण आमा गुमाउनुपरेको उनको भनाई छ । डा रवि महतले ब्रोनसकपी गरेका थिए । गल्ती गरिसकेपछि अस्पतालले माफी माग्नुपर्ने उनको भनाई छ ।