Logo
Logo

दोस्रो विश्व युद्धपछिकै धेरै बालबालिका विस्थापित


567
Shares

विश्वभर विस्थापित बालबालिकाको संख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।

संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाको संख्या ३ करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।

विषेशगरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको अध्ययनमा उल्लेख छ । ‘दोस्रो विश्व युद्धपछि एकै पटकमा यति धेरै बालबालिका विस्थापित भएको अहिले पहिलो पटक हो’, युनिसेफले निकालेको विज्ञप्तिमा लेखिएको छ ।

अघिल्लो वर्षको तुलनामा विस्थापितको संख्या २२ लाख बढी देखिएको छ । विषेश गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिकाहरू धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ । जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी रुस—युक्रेन युद्धको असर विश्वभरि परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि युनिसेफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्