Logo
Logo

रूसले विश्वलाई अनिकालको जोखिममा धकेल्योः ईयू


1k
Shares

काठमाडाैं । युरोपेली यूनियन (ईयू)ले रूसले विश्वलाई अनिकालको जोखिममा धकेलेको आरोप लगाएको छ ।

ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताएका हुन् ।

रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको उनको भनाइ छ । संयुक्त राष्ट्र संघ र ईयूले संयुक्त रुपमा विश्वव्यापी खाद्य सुरक्षाका लागि प्रयास थाल्ने उनले बताए ।

ईयूका अनुसार रूसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ ।

खाद्य सुरक्षाका लागि युक्रेनबाट हुने निर्यातलाई पुनः सञ्चालन गर्न राष्ट्र संघसँग छलफल भइरहेको ईयूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्