Logo
Logo

खाना नदिएको भन्दै श्रीमतीको हत्या


1k
Shares

काठमाडौं । भारतमा एक व्यक्तिले खाना नदिएको भन्दै श्रीमतीको हत्या गरेका छन् ।

दुवैले सँगै रक्सी पिएको र त्यसपिछ खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए । कुटेर हत्या गरेपिछ ती व्यक्ति ४० हजारभन्दा बढी नगद लिएर भागेका थिए ।

यद्यपि, उनलाई दिल्लीको अर्को स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सुल्तानपुरका ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ ।

दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि सिरानीले हानेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको थियो ।

आफूहरु सँगै मदिरा पिएको तर केही समयपछि खाना नमाग्दा नदिएपछि विवाद हुँदा आफूले हिर्काएको उनले प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्