Logo
Logo

बालविवाह अन्त्यका लागि ग्लोबल आइएमई बैंकको ५ लाख सहयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब, काठमाडौंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा रु ५ लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौंका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर करीब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

महिलाको आर्थिक सशक्तीकरणले सबै किसिमका समस्या समाधानमा सहयोग पु¥याउने बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले यस अभियानलाई आर्थिक सबलीकरण, नेतृत्व विकास र उद्यमशीलतासँग जोड्न आग्रहसमेत गरे । उनले बंैकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्राकृतिक विपत्ति, जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताए ।

बालविवाह देशकै एउटा ठूलो समस्या रहेको हुनाले संस्थाले यस क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको जोन्टा क्लबका अध्यक्ष ज्योतीले बताइन् । संस्थाले महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, जोन्टा क्लबका सीमा गोल्छा लगायत बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्