Logo
Logo

भारतको आसाममा बाढी, कम्तीमा ३४ को ज्यान गयो


567
Shares

बीबीसी ।

काठमाडौं । भारतको आसाममा बाढीका कारण कम्तीमा ३४ जनाको ज्यान गएको छ । लगातारकोे भारी वर्षाले त्यहाँको जनजिवन प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ । गाउँहरू डुबानमा परेका छन् । घरहरु भत्किएका छन् । ४२ लाखभन्दा धेरै नागरिक विस्थापित भएको बीबीसी हिन्दीले जनाएको छ ।

भीषण वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ । आसाममा सरकारले विस्थापितका लागि १ हजार १ सय ४७ वटा राहत शिविर खोलेको छ । तर निरन्तरको वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको प्रभावित क्षेत्रका उद्धार अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो वर्ष आसाममा भीषण बाढी आएको यो दोस्रो पटक हो । गएको मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान गएको थियो । आसाम राज्यमा यो महिना औसतभन्दा १ सय ९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ ।

त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्