एजेन्सी । अमेरिकाको सर्वाेच्च अदालतले गर्भपतनको हक खोसेको छ ।
सर्वाेच्चले पछिल्लो फैसलामा ५० वर्षअघि ‘गर्भपतनको निर्णय लिने हक महिलामा रहेको’ भनेर गरेको फैसला उल्टाएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो फैसलामा भनिएको छ, ‘संविधानले गर्भपतनको अधिकार दिएको छैन । हाम्रो तर्फबाट ‘रो वी वेड’ मुद्दा खारेज गरिएको छ ।
यो फैसलाको विरोधमा अहिले देशभर सडक प्रदर्शन भइरहेका छन् । राष्ट्रपति जो बाइडेनले प्रदर्शन शान्तिपूर्ण गर्न आह्वान गरेका छन् ।
पूर्व राष्ट्रपति बाराक ओबामालेसमेत अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।