Logo
Logo

डिआइजीपछि एसएसपी बढुवाको तयारी


149k
Shares


काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले १७ जना एसएसपीको डिआइजीमा बढुवा गरेपछि एसएसपीका ३२ पद रिक्त भएका छन् । रिक्त पदमा ५० भन्दा धेरै एसपीहरू बढुवाको प्रतिस्पर्धामा छन् ।


बढुवामा २०५४ मा इन्सपेक्टरबाट भर्ना भएको प्रहरीको सिनियर टोली, गुप्तचर टोली तथा २०५६ मा भर्ना भएको एसपीको अर्काे जुनियर टोलीबीच प्रतिस्पर्धा छ ।

बढुवाको सिनियर टोलीमा दिल्ली बिष्ट, राजन अधिकारी, ईश्वर कार्की, डा.मनोज कुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आचार्य, अरुण पौडेल, राजेन्द्रसिंह भट्ट, किसन सिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, जीवन श्रेष्ठ, दीपक रेग्मी, लोकेन्द्र श्रेष्ठ, गणेश चन्द लगायत छन् ।


गुप्तचर टोलीका सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चर्तुर्वेदी, ओमबहादुर राना, सुरेन्द्र गुरुङ, हिमालय श्रेष्ठ, विमल बस्नेत, मनोज यादब दिलिपसिंह देउजा, संजीवन शर्मा दास छन् ।
त्यस्तै विनोद घिमिरे, जयराज सापकोटा, रामेश्वर यादब, शारदाप्रसाद चौधर, दिपेन्द्र जिसी लगायत पनि गुप्तचर टोलीकै छन् । यो टोलीका अधिकांश कारबाहीमा परेकाहरु छन् । उनीहरु २०५८ सालमा चलखेलमार्फत प्रहरीमा स्थानान्तरण भएका थिए ।


त्यस्तै २०५६ मा इन्सपेक्टरको टोलीमध्येका विश्व अधिकारी, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, भूपेन्द्र खत्री, सोमेन्द्रसिंह राठौर, सविन प्रधान, दिनेशराज मैनाली,बेलबहादुर पाण्डे लगायत पनि बढुवाको दाबेदार छन् । बीचमा गुप्तचर टोली छिराएर विगतमा यो टोलीको वृत्ति विकास प्रभावित भएकाले अहिले त्यो गल्तीलाई सच्याउनुपर्ने माग प्रहरीमा उठेको छ ।

प्रतिक्रिया दिनुहोस्