Logo
Logo

मैवाखोलाले डाक्टर पढाउने, ५ वर्ष पालिकामै सेवा गर्नुपर्ने


1.3k
Shares

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले एमबिबिएस (डाक्टर) पढाउने भएको छ ।

यसका लागि उसले ५ वर्ष पालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । मैवाखोलाको ११औँ गाउँसभाले ५ वर्षमा १ डाक्टर उत्पादन गर्ने निर्णय गरेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए ।

२०७९/८० को बजेटबाट डाक्टर पढाउन २० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको उनले सुनाए । एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण हुने पालिकाभित्रका १ विद्यार्थीलाई पढाइलगायत सबै खर्च पालिकाले ब्यहोर्ने प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए ।

सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्न लागेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।

यसअघि आव २०७६/०७७ देखि जिल्लाको सिरिजंघा गाउँपालिकाले पनि आफ्नै खर्चमा डाक्टर पढाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्