काठमाडौं । बागलुङ र बाँकेमा चट्याङ लागेर गएराति २ जनाको मृत्यु भएको छ ।
बागलुङको काठेखोला–४ फापरखेतकी २८ वर्षीया सुष्मा पुन र राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको मृत्यु भएको हो ।
आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा पुनलाई चट्याङ लागेको थियो ।