Logo
Logo

विवादित राज्यमन्त्री वलीले दिइन् राजीनामा


3.7k
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । बुधबार मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष उनले राजीनामा बुझाएकी हुन् ।

जेठ अन्तिम साता दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि उनी विवादित बनेकी थिइन् । प्रदेश सरकारले वलीमाथि छानबिन गर्न समिति समेत गठन गरेको थियो ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा विमला वली तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि बैशाख १९ गते पत्रकार सम्मेलन गरी विमला वली माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । त्यसपछि उनलाई माओवादीले राज्यमन्त्री बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्