Logo
Logo

व्यवस्थित बन्दै पाेखरा बसपार्क


315
Shares

पोखरा । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि पोखर बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ ।

बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम भइरहेको छ । आधा भागमा ग्राभेल हालेर सम्माउने काम भएको छ । पश्चिम भागमा नाला निर्माण गर्न थालिएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।

‘लामो समयदेखि पोखराको बसपार्कमा देखिएको समस्या कम गर्न थालिएको छ । तत्कालका लागि हिलो र धुलोमुक्त बनाउन लागेका छौँ,’ उनले भने । बसपार्क अब हिलो र धुलोमुक्त हुने उनको भनाइ छ ।

पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्क सुधार कार्य अगाडि बढेको हो । पोखरा महानगरका प्रमसख धनराज आचार्यले बसपार्कको सबै भाग सम्याएर तत्कालका लागि धुलो र हिलोमुक्त बनाउन निर्देशन दिएका थिए ।

दीर्घकालीन समस्या समाधानका लागि डिपिआर तयार पार्दै सिटी बसपार्कका रुपमा निर्माण गर्ने आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्