Logo
Logo

एमाले सांसद खातुनले दिइन् पदबाट राजीनामा


30.9k
Shares

विराटनगर । सरकारी छाप, दस्तखतलगायतका कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि प्रदेश १ का नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । बुधबार पदबाट राजीनामा दिएकी खातुनको राजीनामा सभामुख प्रदिपकुमार भण्डारीले बिहीबार स्वीकृत गरेका छन् ।

मोरङबाट प्रतिनिधित्व गर्ने खातुनको मुद्दा दोहोर्याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको अर्को साता उनले राजीनामा दिएकी हुन् । अघिल्लो सातामात्रै सर्वोच्च अदालतले खातुनविरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहो¥याउन अनुमति दिन अस्वीकार गरेको थियो ।

सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहो¥याउन माग गरेकी थिइन् ।

तत्कालीन कद्माह गाउँ विकास समितिमा रहेको ३ विघा १० कट्ठा जग्गाको मोही पाउनका लागि खातुनले २०७१ चैतमा गाविस सचिवको सिफारिस आफैले गरेको र एकै दर्ता नम्बरका दुई वटा सिफारिस गरेको भन्दै किर्ते मुद्दा परेको थियो ।

मोरङ जिल्ला अदालतले उनलाई २०७६ वैशाख ३१ गते दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजायको आदेश दिएको थियो । अदालतको आदेशलगत्तै फरार रहेकी उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन् ।
विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते उनको बारेमा फैसला सुनाउँदै एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

उच्चको फैसलाप्रति पनि अस्नतोष जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ मा उनले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । आफ्नो मुद्दामा त्रुटिपूर्ण फैसला भएको भन्दै सर्वोच्च गएकी उनले मुद्दा दोहोर्याउन माग गरेकी थिइन् । तर, गएको जेठ २५ मा सर्वोच्चले मुद्दा दोहोर्याउने आदेश दिनु नपर्ने फैसला गरेपछि उनको पद धरापमा परेको थियो ।

खातुनले राजीनामा दिएपछि प्रदेशसभामा एमालेको सांसद संख्या सभामुखसहित ३८ मा झरेको छ । यसअघि स्थानीय चुनाव लड्न एमालेका दुई सांसद्ले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्