Logo
Logo

माओवादी फर्कने बाटो पहिल्याउँदै बाबुराम


89.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले पूर्व नेतृत्व प्रचण्डलाई भेटका हुन् । उपराष्ट्र नन्द किशोर पुन ‘पासाङ’को निवासमा भएको भेटमा पार्टी एकताको विषयमा छलफल भएको बुझिएको छ ।

संविधान लेखनपछि माओवादी परित्याग गरेर नयाँ शक्ति पार्टी खोलेका भट्टराईले केही समयपछि उपेन्द्र यादव नेतृत्वको तत्कालील संघीय समाजवादी फोरमसँग एकता गरेका थिए । पछि संघीय समाजवादी फेरमले पनि तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकता गरेपछि जसपा बनेको थियो ।

उपेन्द्रसँग पार्टी एकतापछि निरन्तर छायामा परेका भट्टराई राजपासँगको एकता पछि त झनै भूमिकाविहीन अवस्थामा छन् । पार्टीमा भूमिकाविहीन भएपछि बारम्बार आफ्नो भूमिकाबारे प्रश्न गर्न थालेपछि पछिल्लो समय उपेन्द्र र बाबुरामबीच सम्बन्ध चिसिएको हो ।

केही दिन अगाडि बसेको जसपाको बैठकले बाबुरामलाई कारवाही गर्ने अनौपचारिक निर्णय गरेको थियो । तर, त्यो निर्णयले औपचारिकता नपाउँदै उपेन्द्र र बाबुरामबीच भएको छलफलले आ–आफ्नो बाटो लाग्ने वातावरण बन्यो ।

जनयुद्धपछि निरन्तर नेतृत्वदायी भूमिकामा रहँदै आएका बाबुराम माओवादी परित्याग गरेसँगै भूमिकाविहीन अवस्थामा रहँदै आएका छन् । त्यसैले उनी पुनः भूमिकामा आउने कोसिसमा छन् । यसै क्रममा प्रचण्डसँग निरन्तर छलफलमा जुटेका हुन् ।

प्रचण्डले पनि पछिल्लो समय माओवादी जति एकै ठाउँमा हुनुपर्ने भन्दै आएका छन् । यसै क्रममा यसअघि पनि प्रचण्डले बाबुरामसँग भेट गरिसकेका छन् । माने बाबुरामलाई पार्टीमा ल्याउने नमाने समाजवादी केन्द्र बनाएर भए पनि सँगै अघि बढ्ने प्रचण्डको योजना रहेको बुझिन्छ ।

बाबुराम पनि माओवादीमै फर्कने वातावरण खोजिरहेको बुझिन्छ । तर, नयाँ शक्ति खोलेपछि कम्युनिष्ट आन्दोलनको औचित्य समाप्त भइसकेको घोषणा गरेका बाबुरामलाई माओवादी फर्कन असहज भएकाले फेस सेभिङको बाटो खोजिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्