Logo
Logo

काठमाडौंका वडाअध्यक्ष प्रहरी फन्दामा, अपराधिक मुद्दामा डेढ लाख धरौटी मागियो


43.3k
Shares


काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष दिनेश महर्जनविरुद्ध जिल्ला अदालत काठमाडौंमा लिखत सम्बन्धि कसुर(कीर्ते) मुद्दा दायर भएको छ । कीर्ते हस्ताक्षर गरी एक बृद्धाको १२ हजार बृद्धभत्ता हिनामिना गरेको जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो । सोही आधारमा उनलाई प्रहरीले बिहिबार पक्राउ गरी अदालत पेश गरेको छ । जसमा बलियो आधार भएपछि अदालतले उनीसँग डेढ लाख रुपैयाँ धरौटी माग गरेको छ ।


वडा अध्यक्ष महर्जनसहित निवर्तमान वडा अध्यक्ष मोहनबहादुर बिष्ट र पूर्व वडा सदस्य धुव्र त्रिपाठीविरुद्ध मुद्दा दायर भएको हो । विष्ट र त्रिपाठी फरार छन् ।


२०७७ को असार महिनामा स्थानीय ९६ वर्षिया चिजमाया लिम्बुको तीन महिनाको वृद्धभत्ता हिनामिना भएको हो । उनको नाममा हस्ताक्षर गरेर अन्य व्यक्तिले नै बृत्तभत्ता लगेको खुलेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । त्यतीबेला बिष्ट वडाअध्यक्ष तथा महर्जन र त्रिपाठी वडा सदस्य थिए । भत्ता हिनिाहिनाबारे गुनासो गर्न जाँदा वडाका पदाधिकारी र कर्मचारीले उल्टो दुव्र्यवहार र कुटपिट गरेका थिए । त्यसपछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएको हो । वडा कार्यालयले भने गल्ती सच्याउँदै लिम्बुको खातामा पनि १२ हजार रुपैयाँ राखिदिएको थियो । अदालतमा वडा अध्यक्ष महर्जनले पनि गल्ती स्वीकार गरी साबिती बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्