Logo
Logo

काठमाडौंका सडकमा भिक माग्न नपाइने


567
Shares

काठमाडौं । काठमाडौं महानगरले सडकमा भिक माग्न निषेध गरेको छ ।

शुक्रबार एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो ।

असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि अब सडकमा भिक माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्ने महानगरले जनाएको छ ।

तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर–घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।

माग्नेलाई सहयोग नगर्न पनि महानगरवाशीलाई अनुरोध गरिएको छ । पछिल्लो समय काठमाडौंमा ज्यालामा मान्छे प्रयोग गरेर भिक माग्न लगाउने क्रम बढेको छ ।

महानगरको ११औं अधिवेशनले यो नीति पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्