Logo
Logo

अख्तियारको प्रहरी भन्दै पैसा असुल्ने ३ जना पक्राउ


3.2k
Shares

महोत्तरी । जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने ३ जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी–२९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् ।

प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८ सय भारु बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्