Logo
Logo

जाजरकोट–डोल्पा सडक अवरुद्ध


315
Shares

लाइल फाेटाे ।

जाजरकोट । जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ ।

नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीय समस्यामा परेका छन् ।

सडक खुलाउने काम भइरहेको नलगाडका मेयर डम्बर रावतले जानकारी दिए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्छ ।

मौसम खराबीका कारण हवाई सेवा ठप्प भएर स्थल मार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रु बिहानैदेखि बाटोमै थन्किएका छन् ।

ठूलो चट्टान खसेकाले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्