Logo
Logo

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला


630
Shares

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ ।

स्थानीयवासीले बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् ।

विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्