Logo
Logo

ओलीको प्रश्न- खाद्यान्न आयात बृद्धि केका लागि हो ?


819
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खाद्यान्न आयात बृद्धि केका लागि हो ? भन्दै प्रश्न गरेका छन् । आफूले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भयाे भन्दै उनले प्रश्न गरेका हुन् ।

को बताएका छन् ।

शनिबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रमलाई समबोधन गर्दै ६० प्रतिशतभन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको उनले बताए ।

हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहेपनि जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको उनको भनाइ छ ।

उपयुक्त नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसकेको बताउँदै अध्यक्ष ओलीले सरकारलाई प्रश्न गरे, ‘बाहिरको खाद्यान्न आयात वृद्धिका केका लागि हो ? कि खाद्यान्नमा आत्मनिर्भर हुन नदिनका लागि हो ? कि कमिसनको खेलका लागि हो कि ?’

हरेक वर्ष किसानलाई चाहिने जति मल आयात नहुने गरेको बताउँदै अध्यक्ष ओलीले वर्षायाममा मल चाहिन्छ भन्ने कुरा थाहा भएर पनि ६ महिना अघि नै किन तयारी नगरेको भन्दै सरकारले मल नल्याएर जनतालाई झुक्याउने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्