Logo
Logo

छानविन समितिको ठहर- ‘वलीको कार्य पदीय मर्यादाविपरीत’


1.4k
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले ‘आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादाविपरीत काम गरेको’ छानबिन समितिले ठहर गरेको छ ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको प्रतिवेदनमा ‘वलीबाट पदीय मर्यादाविपरीत कार्य गरेको’ ठहर गरिएको छ ।

‘एकराज बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको देखियो । अन्य उपायबाट रकम असुली गर्नुपर्दथ्यो’ छानबिन समितिका संयोजक शर्माको भनाइ छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय उठेकाले त्यसको पनि छानबिन गरिने बताए । उनले भने, ‘एकराजले घरमै छु भनेर बोलाएको तर, घरमा जाँदा उनी नभएको र आफन्त र पत्रकार समेत पुगिसकेकाले सुनियोजित तरिकाले बदनाम गर्न खोजिएको पनि आशंका छ ।’

विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिई १५ गते स्वीकृत भएको थियो । वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।

नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार ओलीको निधन भएपछि बिमलाले तत्कालीन नेकपाबाट दाङको ३ को (ख)बाट उपनिर्वाचनबाट निर्वाचन जितेकी थिइन् । २०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि बैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् । उनलाई माओवादीले नै राज्यमन्त्री बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्