Logo
Logo

सामुदायिक वनमा महिला मृत फेला


0
Shares

बर्दिया । बर्दियाको बासगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा महिलाको शव फेला परेको छ । अन्दाजी २४–२५ वर्षीया गाडा, रातोको रङ साधारण फिता भएको चप्पल रातो रङको कुर्ता र हरियो रङको सुरुवाल लगाएकी महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

महिलाको शवको परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्