Logo
Logo

केन्द्रीय गठबन्धनले निर्णय गरे बागमतीका मुख्यमन्त्री राजीनामा दिन तयार


2.6k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रीय गठबन्धनले निर्णय नगरेसम्म राजीनामा नदिने भएका छन् ।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले गठबन्धनको सहमतिका आधारमा प्रदेश सरकार बनेकाले केन्द्रीय गठबन्धनले निर्णय नगरेसम्म मुख्यमन्त्रीबाट पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादी बागमतीमा मुख्यमन्त्री नफेर्ने पक्षमा देखिएको छ । गठबन्धनबीच सातै प्रदेशमा मुख्यमन्त्री फेर्ने निर्णय भए चाहिँ एकीकृत समाजवादी पनि तयार रहको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने– ‘सातै प्रदेशको मुख्यमन्त्री फेर्ने हो भने छलफल गर्न तयार छौं तर बागमतीमा मात्र मुख्यमन्त्री फेर्ने कुरामा पार्टी सहमत हुन सक्दैन ।’

बागमती प्रदेश सरकार गठनका क्रममा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो । तर, सहमतिअुनार एकीकृत समाजवादीले मुख्यमन्त्रीबाट राजीनामा नदिएपछि केही दिन अगाडि उक्त सहमतिपत्र कांग्रेस पक्षले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्