Logo
Logo

पार्टी घोषणा गरेको ७ दिनमै वामदेवमाथि कारवाही, संयोजकबाट निष्कासित


44.7k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा संलग्न चार दलले वामदेव गौतमलाई अभियानको संयोजकबाट निष्कासन गरेको छ । अभियानमा आवद्ध चार दलले गौतमलाई ५ बुँदे आरोप लगाउँदै गौतमलाई संयोजकबाट निष्कासन गरेको हो ।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले गौतमलाई निष्कासन गरेको छ ।

गौतममाथि सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको आरोप लगाउँदै निष्कासन गरिएको हो ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले असार ११ गते दोस्रो भेला गरेर राजनीतिक दल घोषणा गरेको थियो । दल घोषणा गरेको ७ दिनमै गौतम निस्कासनमा परेका हुन् । शनिबारको एक बैठकले गौतमलाई निष्कासन गरेको हो ।

गौतमलाई निष्कासन गरेको बैठकले गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने सचिवालय सदस्य रहेको छ ।

गौतमलाई लगाइएको ५ आरोप–
१.सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।

३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।

५. सम्पुर्ण बामपंथी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।

यस्तो छ निर्णय

प्रतिक्रिया दिनुहोस्