Logo
Logo

उपत्यकामा दुई दुर्घटना, दुई जनाको मृत्यु


2k
Shares


ललितपुर । उपत्यकामा शनिबार भएका दुई दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् ।


ललितपुर महानगरपालिका १५ थसिखेल चोकमा बागमती प्रदेश ०२–०३४प ०७५८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका १० लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।


यता काठमाडौँ महानगरपालिका १० युएनपुल नजिकै सडकमा बागमती प्रदेश०२०२६प ०६२७ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका १० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मीनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्