Logo
Logo

डा. साहलाई सेवाबाट हटाउने तयारी


26k
Shares

काठमाडौं । सशस्त्र प्रहरी अस्पतालका डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

वैशाख १३ देखि गैरहाजिर रहेका डा.साहलाई ७ दिने स्पष्टिकरण मागेको हो । यसअघि उनको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा. साहलाई सेवाबाट हटाउन जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्