काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।
यसअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दा कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा आज चौथोपटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ सुनुवाई भइसकेको छ ।
मन्त्रिपरिषद्को वैशाख १८ को बैठकले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेकाे थियाे ।
वरिष्ठता मिचेको भन्दै एआईजी विश्वराज पोखरेलले त्यसपछि सर्वोच्चमा रिट दायर गरेका थिए ।