Logo
Logo

चूडामणि शर्माको मुद्दा हेर्न नभ्याउनेमा


1.5k
Shares

काठमाडौं । सहसचिव चूडामणि शर्मा ढकालको मुद्दा हेर्न नभ्याउनेमा परेको छ । राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोगको मुद्दा आइतबार पेसी सूचीको दोस्रो नम्बरमा रहेपनि पहिलो नम्बरको मुद्दा नसकिएका कारण उनको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो ।

दिनेश अर्याल प्रतिवादी रहेको मुद्दाको सुनुवाइ भइरहेको र उक्त मुद्दाको सुनुवाइ नसकिएको कारण सहसचिव शर्माको मुद्दा हेर्न नभ्याउने सूचीमा परेको हो ।शर्माले कर मिनाहा गर्दा अरबौं रकमको भ्रष्टाचार गरेको र गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै २०७४ साल साउन १ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्