Logo
Logo

सचिवालय बैठकमा ‘लज्जास्पद हार’को कारण खोज्दै एमाले


10k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा लज्जास्पद हारको समीक्षा गर्न नेकपा एमालेको सचिवालय बैठक काठमाडौंमा सुरु भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा अघिल्लो निर्वाचनमा पहिलो भएको पार्टी पछिल्लो निर्वाचनमा लज्जास्पद हार व्यहोर्दै दोस्रो हुनुको कारणबारे छलफल हुने बताइएको छ ।
एमालेले स्थानीय तह निर्वाचनबारे पूर्ण समीक्षा गरिसकेको छैन । तल्लो कमिटीहरुबाट निर्वाचनको रिपोर्ट लिएको एमालेले सचिवालय बैठकमा छलफल गर्दैछ ।
एमाले अध्यक्ष केपी ओलीले यसअघि नै पार्टीको वैधानिक कमिटी र गोप्य टिमबाट निर्वाचनमा हारको कारणबारे रिपोर्ट तयार पारेका छन् । गोप्य टिममार्फत आएको रिपोर्टलाई आधार बनाएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गर्ने ओलीको तयारी रहेको छ ।
जारी सचिवालय बैठकमा आगामी निर्वाचनको तयारीबारे पनि छलफल हुनेछ । बैठकमा वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्