काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाँणसँग पहिलो पटक भेटघाट गरेका हुन् । आज बिहान गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने बारेमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । जवाफमा राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने बताएका थिए ।
भेटमा गृहमन्त्री खाँणले श्रीवास्तवलाई सफल कार्यकालकाे शुभकामना पनि दिए ।