Logo
Logo

भिमादका सय घरधुरी कटानकाे उच्च जोखिममा


630
Shares

फाइल फाेटाे ।

तनहुँ । भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानको उच्च जोखिममा रहेका छन् ।

६ नं वडाको कुमार चोकमा सेती नदीका कारण ८५ र ५ को अन्टेन खोलानजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन् । वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेको छ ।

अघिल्ला वर्षमा खोला र नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा कटान बस्तीछेउ पुगेको छ । कुमार चोकका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् ।

केही मानिस दिउँसो त्यही बसेर व्यापार गर्ने र साँझपख अन्यत्रै सुरक्षित स्थानमा गएर बस्दै आएको नगरपालिकाका उपमेयर शारदा खनालले जानकारी दिइन् । नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि आवश्यक पहल भइरहेको उनको भनाइ छ ।

दलित बस्तीका २२ घरधुरी जोगाउन अन्टेन खोलाले कटान गरेको स्थानमा पर्खाल निर्माण भइरहेको खनालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्