Logo
Logo

निगमको १० प्रस्ताव- जोरबिजोर प्रणालीदेखि सीमित इन्धन दिनेसम्म


6.6k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्दै अर्थतन्त्रमा परेको समस्या कम गर्न १० प्रस्ताव पेश गरेको छ ।

१० बुँदे प्रस्तावमा बाइकलाई सीमित इन्धन दिनेदेखि गाडीमा जोर विजोर प्रणाली लागू गर्नेसम्मको कुरा उल्लेख भएको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने पनि प्रस्ताव गरेको छ।

सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने र देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने प्रस्ताव गरेको छ ।

खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने र विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरु र राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिकरनिजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङ्ग स्थल तोकिदिने प्रस्ताव गरेको छ।

सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर घटाउने मूल्य घटाएपछि निगम आर्थिक संकट तर्फ गएको हो । पूर्वाधार कर १० रुपैयाँ प्रतिलिटर घटाउने भनेर सरकारले भनेको थियो । तर कुनै प्रकारको कर पनि घटेको छैन ।

हालसम्म नै निगमले भारतलाई पेट्रोलियम पदार्थ किनेको ३० अर्बभन्दा धेरै भुक्तानी दिन बाँकी रहेको बताएको छ ।

यस्ता छन् निगमको १० प्रस्ताव

१. सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने ।

२. देशका प्रमुख सहरहरूमा प्रत्येक शनिवार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।

३. खाना पकाउने एल।पी। ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।

४. विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरू र राष्ट्रिय राजमार्गहरूमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिकरनिजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।

५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक–पटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने ।

६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।

७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने ।

८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन
गर्ने व्यवस्था मिलाउने ।

९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरूको आयात बन्द गर्ने ।

१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल।पी।ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने

प्रतिक्रिया दिनुहोस्