Logo
Logo

इम्बोस्ड नम्बर प्लेटबारे अध्यायन गर्न समिति गठन


1.8k
Shares

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गरेका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री राईले इम्बोस्ड नम्बर प्लेटमा अन्यौलता देखिएको र डिजिटल सवारी चालक अनुमतिपत्र समयमा नै प्राप्त गर्न नसक्ने अवस्था देखिएको भन्दै अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका हुन् ।

दुई वटै कार्यदललाई प्रतिवेदन बुझाउन १५ दिनको म्याद दिएको र समितिको प्रतिवेदनका आधारमा समस्या समाधानको बाटोमा अघि बढिने उनले बताए ।
मेकानिजम तयार नपारी इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लागू गर्न खोजिएकाले विवाद भएको उनको भनाइ छ । उनले समयमा नै आयोजना पुरा नहुने प्रवृतिलाई अन्त्य गर्ने दावी गरे ।

उनले पूर्वाधार निर्माण आयोजनाको अवस्थाका बारेमा पनि अध्ययन गर्न समिति बनाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्