Logo
Logo

निर्वाचन आयोगद्वारा एक अर्ब ५० करोड रुपैँया फिर्ता


3.6k
Shares

काठमाडौँ । निर्वाचन आयोगले एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । स्थानीय तह निर्वाचनका लागि सुनिश्चित गरेको रकमबाट खर्च नभएको उक्त रकम मन्त्रालयलाई फिर्ता गरेको हो ।

आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपैयाँमध्ये एक अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिए ।

आयोगले स्थानीय निर्वाचनको लागि मन्त्रालय समक्ष आठ अर्ब ९५ करोड बजेट माग गरेको थियो, तर मन्त्रालयले आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्