Logo
Logo

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने


315
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

पार्टीबाट उम्मेदवार भई स्थानीय निर्वाचन जितेका जनप्रतिनिधिलाई एकीकृत समाजवादीले प्रशिक्षण दिने भएको हो। सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको थियो।

जसअनुसार साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ। स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण दिइने महासचिव बेदुराम भुसालले बताए।

महासचिव भुसालका अनुसार बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने र गर्नुपरेमा मधेस प्रदेश बाहेकका सबै प्रदेशमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को समन्वय र सहकार्यमा सन्तुलन मिलाएर सरकार गठन हुनुपर्ने एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्