Logo
Logo

इन्डोनेसियामा डुंगा डुब्दा १५ जना बेपत्ता


378
Shares

जाकार्ता । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा बेपत्ता भएका छन् । खराब मौसम तथा हावाहुरीका कारण डुंगा डुब्दा डुंगामा सवार माछा मार्ने मछुवा बेपत्ता भएका हुन् ।

शनिबारदेखि नै बेपत्ता उनीहरुको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान विदीले दिएको जानकारी अनुसार सो डुंगामा कम्तीमा पनि २५ जना नागरिक रहेका थिए ।

तीमध्ये १० जनाको शनिबार नै सकुसल उद्धार गरिएको थियो भने अरु १५ जना हराइरहेका छन् । उद्धार जारी रहेको तर उनीहरु जिवीतै भेटिने सम्भावना भने अब नरहेको अधिकरीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्