Logo
Logo

बालाजुमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु


1.8k
Shares

काठमाडौं । बालाजुमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । दुर्घटनामा घाइते परियारको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि मोटरसाइकलकाे पछाडी सवार व्यक्ति घाइते भएका छन् । घाईते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ बर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको बिजुलिको पोलमा ठोकिएर दुर्घटना भएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्