Logo
Logo

पहिराेले अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु


441
Shares

बागलुङ । पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड सुचारु भएको छ ।

स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि सडक सञ्चालनमा आएको हो । पहिरोले पुरेपछि लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

सडक सञ्चालनमा आएसँगै लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन् ।

त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मिशेरा सडक पनि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्