Logo
Logo

फेकोफोनले जलायो वन नियमावली


13.4k
Shares

काठमाडौं । स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी रहेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन)ले वन नियमावली जलाएको छ ।

मंगलबार वन परिसरमा विरोध प्रदर्शन गर्दै महासंघले नियमावलीको प्रति जलाएको हो । वन नियमावली नीतिगत भ्रष्टाचार बढाउने गरी, सामूदायिक वन सातौं कार्यशाला गोष्ठीको घोषणापत्र विपरित आएको र वन ऐन २०७६ विपरित भएको फेकोफोनको माग छ ।

वन नियमावली खारेज गर्न महासंघका अध्यक्ष भारति पाठकले माग गरिन् । ‘महासंघले दिएको सुझाव विपरित नियमावली आएको छ,’ उनले भनिन्, ‘वन उपभोक्ता समूहको अधिकारलाई कुण्ठित गर्ने नियमावली हामी मान्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्