Logo
Logo

७ राउण्ड गोलीसहित इलामका युवा पक्राउ


2.3k
Shares

ईलाम । सूर्योदय नगरपालिका–९ ढोडेका ३५ वर्षीय जिवन राई ७ राउण्ड गोलीसहित पक्राउ परेका छन् ।

राईफलको गोली देखाई घर र छरछिमेकीलाई समेत धम्की दिएको सूचनाका आधारमा चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोलीसमेत बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्