Logo
Logo

पदाधिकारी र स्थायी कमिटीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई


2.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने भएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले उक्त निर्णय गरेको हो ।

पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ । उक्त नाममा कसैको विमति भए विमतिका रुपमा दर्ज हुने माओवादी नेता गणेश शाहले जानकारी दिए ।

दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन मंगलबारका लागि स्थगित गरिएको थियो । मंगलबार उक्त सहमति जुटाएर बुधबार केन्द्रीय कमिटीको अन्तिम बैठकमा घोषणा गर्ने तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्