Logo
Logo

एक वर्षदेखि अलपत्र त्रियुगा पुल


504
Shares

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ । अलपत्र अवस्थामा रहेर १२ वर्ष अघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो ।

निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा ननीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको थियो । उक्त पुलको अध्ययनका लागि सरकारले विशेषज्ञ टोली गठन गरेको थियो ।

तर, अझै निर्माणको काम सुरु भएको छैन । ३ सय ७ मिटर लम्बाई रहेको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भाँँसिएपछि पुल दुई टुक्रा भएको हो ।

प्रतिक्रिया दिनुहोस्