Logo
Logo

छुटेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह


441
Shares

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो । ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको थियो ।

पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम सुरु भए पनि कतिपय पालिकाले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिइरहेको मन्त्रालयको भनाई छ । १२ वर्ष मुनिका बालबालिकालाई सरकारले फाइजर खोप दिएको हो ।

प्रतिक्रिया दिनुहोस्