Logo
Logo

विराटनगरमा ‘सडक मानवमुक्त’ अभियान


630
Shares

विराटनगर । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ ।

विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई उद्धार गर्ने अभियान थालिएको मेयर नागेश कोइरालाले बताए । उनका अनुसार अशक्त र सहाराविहीनलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ ।

यसैबीच महानगरले फुटपाथ खाली गर्ने अभियानलाई तीव्रता दिएको छ । नाली नै जाम हुने गरी निर्माण सामग्री राख्दा डुबानको समस्या निम्तिने गरेको छ ।

त्यस्तै छाडा चौपायालाई नियन्त्रणमा लिन पनि महानगर अग्रसर भएको छ । खसी, बाख्रा, गाई र भैँसी नियन्त्रणमा लिएर जरिवाना तिराएर सम्बन्धित पशुधनीलाई बुझाइएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्