Logo
Logo

बैतडीको झुलाघाट नाका बेलुकासम्म बन्द


630
Shares

बैतडी । बैतडीको झुलाघाट नाका आज साँझसम्मका लागि बन्द गरिएको छ ।

झोलुङ्गे पुल मर्मत गर्नुपर्ने भएपिछ हिजो साँझ ६ बजेदेखि २४ घण्टाका लागि नाका बन्द गरिएको हो । भारतसँग जोड्ने महाकालीमा निर्मित उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

यसअघि दुवै देशका सुरक्षा निकायले पुलको निरीक्षण गरेका थिए । वर्षौं पुरानो झोलुङ्गे पुल बेला–बेला मर्मत गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्