Logo
Logo

ड्रममा डुबेर २ वर्षीया बालिकाको मृत्यु


504
Shares

मलङ्गवा । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् ।

उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्