Logo
Logo

चट्याङले विद्युत्गृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा


189
Shares

गलेश्वर । पश्चिम म्याग्दीकाे एक विद्युत्गृहमा चट्याङले क्षती पुर्याउदा ३७६ घरधुरी विद्धुत बिहीन बनेको छ । चट्याङले म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा ठूलो क्षति पुर्याएको हाे ।

सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्थाका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए।

जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्