Logo
Logo

एमालेले भन्यो- अर्थमन्त्रीको कुरा सुन्दैनौँ


252
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आजको संसद बैठकमा जवाफ दिने भएका छन् । अर्थमन्त्री शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्नसमेत नेकपा माओवादी केन्द्र तयार भएको छ ।

तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माको कुरा सुन्ने पक्षमा छैन । एमालेले अर्थमन्त्रीलाई बहिस्कार गर्दै आएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले आफूहरूसँग केही छलफल नगरेको बताउँदै प्रमुख प्रतिपक्षले निरन्तर उठाएको विषयलाई बेवास्ता गरेको भन्दै अर्थमन्त्रीको कुरा नसुन्ने बताएका छन् । उनले भने, ‘हामी अर्थमन्त्रीका कुरा सुन्दैनौँ । बैठक चल्न सक्दैन ।’

छानविन समिति गठनका लागि माओवादीका नेताहरुले एमालेसँग छलफल गर्ने भएको छ । माओवादीको बुधबार बिहान बसेको पूर्वस्थायी समिति बैठकमा अर्थमन्त्री प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

यसअघि संसद बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग गरेका थिए ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्