Logo
Logo

कर छली गर्ने गिराेह निगरानीमा : महानिर्देशक


1.3k
Shares

गण्डकी । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् ।

हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागतका लागि पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित कार्यक्रममा उनले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गरे ।

राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्ने बताउँदै उनले आफूहरूको दृष्टिमा ठूला भन्ने कोही नरहेको बताए । राजस्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, ट्रेडिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताउँदै उनले उद्योगको हकमा राजस्व चुहावट कम रहेको र त्यसले उत्पादकत्व वृद्धिमा सघाएको उल्लेख गरे ।

महानिर्देशक अधिकारीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचका नाममा व्यवसायीको मानमर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गरे ।

प्रतिक्रिया दिनुहोस्