Logo
Logo

प्रतिनिधिसभा बैठक दिउँसाे २ बजेसम्म स्थगित


630
Shares

काठमाडौं । आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्म स्थगित भएको छ । निर्धारित समयमा बैठक बस्न नसकेपछि सूचनामार्फत् दिउँसो २ बजेका लागि सारिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गर्दै आएको छ ।

नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न दिन समय माग गरेको छ । तर, प्रतिपक्षी एमालेले अर्थमन्त्रीको कुरा नसुन्ने भन्दै यदि सभामुखले बोल्न समय दिए बैठक चल्न नदिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्